भारतीय नागरिकको कर छलीका लागि नेपालीको नाममा सम्पत्ति, ११ करोड राजस्व छली

नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ तीन करोड १२ लाख तथा आयकरतर्फ आठ करोड सात लाख गरी कूल ११ करोड १९ लाख ८४ हजार…