नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवद्र्धन गरिने भएको छ ।नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयोजकत्वमा यही कात्तिक २२ देखि २४ सम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्पोमार्फत नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने भएको हो ।नेपालको पर्यटन उद्योगलाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि उक्त मेलामा सहभागिता जनाउन…