प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताए । संसद् भवनलगायत अन्य आवाससमेत निर्माण गर्दै र विभिन्न स्थानमा बाटोको शिलान्यास…