सांसदहरुले एकै पटकमा नसके पनि विस्तारै आयात कम गर्दै गएर भविष्यमा विस्थापित गरी निर्यात प्रवद्र्धन गर्ने नीति ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा सहभागी सांसदहरुले क्रमशः आयात प्रतिस्थापन गर्ने विषयलाई…