जुम्लाको हिमा गाउँपालिकाले एक बच्चा एक बैंक खाता अवधारणासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मातृ मृत्युदर शून्यमा ल्याउनका लागि गाउँपालिकाले यस्तो नीति लिएको हो । गर्भवतीले स्वास्थ्य संस्थामा सुरक्षितरुपमा बच्चा जन्माउन र उनीहरुलाई प्रोत्साहन गर्नका लागि यो नीति अवलम्बन गरिएको हो । आगामी आर्थिक वर्षदेखि गर्भवतीले स्वास्थ्य संस्थामा सुत्केरी भएपछि बच्चाको नाममा गाउँपालिकाले…