पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले समायोजन गरिएको निगमले जनाएको छ । मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेशनबाट…