लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिई आयोजना पूर्णरुपमा सम्पन्न भएको हो ।नेपाल विद्युत् प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत्…