राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सङ्घीय संसद्का कामकारबाही र अभ्यासलाई सत्य, तथ्य र वस्तुनिष्ठ आधारमा इमान्दारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाका पदाधिकारी र सञ्चारकर्मीबीचको अन्तरक्रियामा उनले आफूले लेखेका समाचारलाई आमनागरिकले कुन रुपमा लिएका छन् भनी आत्मसमीक्षा गर्नसमेत अनुरोध गरे । अध्यक्ष दाहालले भने, “पत्रकारले आफूप्रति इमान्दार भएर समाचार लेखेको…