युएसएडद्वारा २४ वर्षमा करिब दुई खर्ब सहयोग

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा एक खर्ब ९६ अर्ब रुपैयाँ सहयोग गरेको छ । युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको शसक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको…