मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनका क्रममा…