मुलुकभरको विद्युत् व्यवस्थापन र नियन्त्रण गर्ने भार प्रेषण केन्द (एलडीसी) अत्याधुनिक बनेको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेको केन्द्रको पुनस्र्थापना तथा स्तरोन्नती गरी अत्याधुनिक बनाइएको हो ।काठमाडौंको स्यूचाटारमा रहेको अत्याधुनिक केन्द्रको शुक्रबार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र जर्मनीका मन्त्री नोरर्बेट बार्थलेले उद्घाटन गरेका हुन्…