सरकारले पर्यटन क्षेत्रको समग्र सुधारका लागि चालेका कदमको प्रतिफल देखापर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्नुभएको मन्त्रालयअन्तर्गतको प्रमुख प्राथमिकताका कार्यक्रमको व्यवहारिक कार्यान्वयन शुरु भएसँगै सुधारका सङ्केत देखिएका हुन् । मन्त्री भट्टराईको प्राथमिकतायुक्त कार्यक्रमअन्तर्गत हवाई उड्डयनका क्षेत्रमा सुधारका काम झल्किन थालेका छन् । कार्ययोजनाअनुरुप मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको त्रिभुवन…