दैनिक उपभोग्य वस्तुमा अनुगमन तीव्र बनाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाले औषधि, खाद्यलगायत आधारभूत उपभोग्य वस्तु तथा सेवाको आपूर्ति र गुणस्तर कायम गर्न स्थानीय बजार अनुगमनलाई तीव्रता दिने भएको छ। महानगरले उपभोग्य वस्तु तथा सेवाको आपूर्ति र गुणस्तर कायम गर्न स्थानीय बजार अनुगमन व्यवस्थापनसम्बन्धी मापदण्ड बनाएर त्यसका आधारमा अनुगमन बढाउने योजना बनाएको हो । महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमअन्तर्गत विषादी प्रयोग…