तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार हेलिकप्टर हिमआँधीका कारण दुर्घटनाग्रस्त भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ । चुहानडाँडाको निरीक्षणपछि उक्त टोली पाथिभरा देवीको मन्दिर दर्शन गर्न गएको थियो । जतिबेला त्यहाँको मौसम खराबी थियो हेलिकप्टर उडेको एक मिनेटमै हिमआँधी आएकाले दुर्घटना भएको प्रतिवेदनले औंल्याएको छ । आयोगले आज पर्यटन राज्यमन्त्री…