गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको छवि स्थापित गर्ने बताए। जीविकोपार्जन र रोजगारीका…