घट्यो असल कर्जाको प्रोभिजन, १.१ प्रतिशत मात्र गरे पुग्ने

बैंक तथा वित्तीय संस्थाले असल कर्जाका लागि गर्नुपर्ने नोक्सानी व्यवस्था घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक मौद्रिक नीतिले यस्तो दरलाई ०.१० प्रतिशत बिन्दुले घटाएको हो । मौद्रिक नीतिले असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने व्यवस्था गरेको हो ।…