नेपालमा लगानीका अवसरबारे जानकारी दिन बेइजिङ र मस्कटस्थित नेपाली दूतावासले हालै लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् । गत आइतबार बेइजिङस्थित दूतावासले चिनियाँ लगानीकर्तासहित विभिन्न उद्यम व्यवसायी एवं सञ्चारकर्मीको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालमा लगानीका पर्याप्त अवसर रहेका र प्रतिफल पनि आकर्षक रहेकाले ढुक्क भएको पुँजी परिचालन गर्न…