व्यावसायिक केरा खेतीमा रमाएका निर्मल

पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आएका छन् । नेपाली सेनाको जागीरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उनी व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका छन् । “उमेरमै जागीरबाट पेन्सन निस्किए,…