सरकारले रात्री बस सञ्चालनमा रोक लगाउनेबारे सरोकारवालालाई छलफलमा बोलाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको बताए । यातायात व्यवसायीका प्रतिनिधिसहित सरोकारवालासँग गृह मन्त्रालयमा छलफल हुँदैछ । उनले भने, ‘‘सरोकारवालासँग छलफलमा बसेपछि यस विषय टुङ्गिन्छ । अहिलेनै गृहले प्रस्ताव गरेको छैन । छलफलपछि प्रस्ताव गर्ने…