भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रानुसार आगामी शनिबार (असार २९ गते) बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ । बाँध खोलेका बेला र त्यसपछिको केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता…