वर्ल्डलिंक कम्युनिकेशन्स लि.ले नेपाल क्रिकेट संघको सहकार्यमा "बिट द स्पीड" नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करण सम्पन्न गरेको छ । यो २ महिना लामो रोमाञ्चक अभियान, २१ बैशाख २०८१ मा शुरू भएको थियो । यस अभियानले नेपालका १८ शहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्य…