अण्डाको मूल्यमा एकरुपता कायम,प्रतिगोटा १२ रुपैयाँ बढी लिए कारवाही

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा सोमबारदेखि अण्डाको मूल्यमा एकरुपता गरी उपभोक्ता मूल्य प्रतिगोटा १२ रुपैयाँ कायम गरिएको छ । सङ्घको केन्द्रीय समितिद्वारा आयोजित छलफलमा अण्डाको मूल्य तोकेको सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिए । हरेक शहरी क्षेत्रमा सोही…