अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर मुलुकलाई नै बदनाम गर्ने प्रयास भईरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको बताए । 'अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले बढेका छन्, रोजगारीका अवसरहरु सृजना भइरहेका…