नेपालका विभिन्न ब्याङ्कलाई तारो बनाएर ह्याकरहरूले करोडौँ रुपैयाँ चोरेको घटनाबारे छानबिन गर्न गठित समितिले अहिले प्रचलनमा रहेका सम्पूर्ण म्याग्नेटिक स्ट्रिप कार्ड तीन महिनाभित्र हटाएर चिपमा आधारित कार्ड व्यवस्था मिलाउन सुझाव दिएको छ। गत शनिवार ह्याकरहरूले नेपाल र भारतका एटीएमबाट नेपाली ब्याङ्कमा रहेको तीन करोड ५८ लाख रुपैयाँ भन्दा बढी रकम एटीएमबाट चोरेका थिए। चिनियाँ ह्याकरहरूले…