भान्सामा ग्यासको सट्टा बिजुली प्रयोग गर्न विद्युत प्राधिकरणको आह्वान

नेपाल विद्युत प्राधिकरणले अहिले मनग्गे बिजुली रहेको र उत्पादन बढ्न थालेको भन्दै उपभोक्तालाई घरायसी प्रयोजनमा विद्युत खपत बढाउन आह्वान गरेको छ। प्राधिकरणले उपभोक्तालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न समेत आग्रह गरेको छ। तर वर्ष भरी बिजुली उत्पादन र आपूर्ति एकैनास नहुने जोखिम कायमै रहेकोले उपभोक्ताहरू सहजै एलपी ग्यास छोडेर विद्युतीय उपकरणतर्फ आकर्षित हुने अवस्था नरहेको जानकारहरू…