काठमा पनि भारतकै भर, स्वदेशी उत्पादन सडेर जाँदै

झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक साढे छ अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ।  तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री आयात भएको छ। भन्सार विभागका अनुसार…