लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन् । सरकारले सबै मुआब्जा दिने गरी दुई अर्ब ७२ करोड रकम विनियोजन गरेपछि छ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । चार वर्षअघिदेखि मुआब्जा वितरणकार्य शुरु गरिए…