यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने, काठमाडौंमा रात्रीकालिन बस सञ्चालन गर्ने तथा दिउँसोको समयमा चक्रपथभित्र मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाउने सरकारको निर्णय तत्काल लागू नहुने जनाएको छ । यस अघि यी तीनवटै निर्णय असार १ गतेदेखि लागु हुने घोषणा गरिएको थियो । थप अध्ययनको आवश्यकता रहेको भन्दै सरकारले यी तीन महत्वपूर्ण निर्णय फिर्ता लिएको हो ।…