नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार विस्तार आयोजना शुरु भएको छ ।खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रुपमा लिइएको खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने सो आयोजनाअन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाउने लक्ष्य राखिएको…