काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले तीनवटै सरकार सञ्चालनको अनुभव प्रयोग गरेर महानगरलाई व्यवस्थित र समृद्ध बनाइने बताएका छन् । नेपाल सरकारका सचिवसमेत रहेका न्यौपानेले आइतबार महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गर्दै आफूले नगरवासीको इच्छा र चाहनाअनुरुपको विकासको काम गर्ने उल्लेख गर्दै त्यसका लागि जनप्रतिनिधि र कर्मचारीको पनि सहयोग आवश्यकपर्नेमा जोड दिए । मन्त्रिपरिषद्को…