डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालमा आबद्ध १६ बिकास बैंकहरुले 'एनएफआरएस–९' कार्यान्वयनका लागि आवश्यक कार्यको थालनी गरिसकेका छन् । अधिकांस बैंकहरुले आवश्यक पर्ने 'एनएफआरएस-९ इम्प्लिमेन्टेसन सोल्यूसन्स' खरिद गर्ने कार्य सम्पन्न गरी आपूर्तिकर्तासँग सम्झौंता गरिसकेको र बाँकी सदस्य बैंकहरुले पनि २०८१ आषाढ भित्रै उक्त प्रक्रिया सम्पन्न गर्ने गरी आन्तरिक प्रकृयाहरु अगाडि बढाइ सकेको एशोसिएसनले जानकारी दिएको छ ।…