नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकलाका सामग्री विदेश निर्यात

नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० रूपैयाँ बराबरको हस्तकला विदेश निर्यात भएको छ। नेपाल हस्तकला महासंघले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो। विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासंघका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिए।…