श्रीलङ्काको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि बैङ्कले पहिलो पटक ब्याजदर कटौती गरेको हो। श्रीलङ्काको केन्द्रीय बैङ्कले मुद्रास्फीति अनुकूल वातावरणमा मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५ आधार अङ्कले घटाएको जनाएको छ। श्रीलङ्काले सामना गरिरहेको विदेशी मुद्रा सङ्कटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७०…