आइतबार सरकारले बजेट ल्याउने भन्दै प्रतिक्षमा बसेका लगानीकर्ताहरु सोमबार आशावादी हुन सकेनन् । बजेटमा पूँजी बजारका सम्बन्धमा खासै सम्बोधन नगरे पछि लगानीकर्ताले धमाधम घट्दो मूल्यमा शेयर बिक्री गरेका हुन् । सोमबार बिहान प्रि ओपन सेसनमा सकरात्मक बनेको बजार नियमित कारोबार सुरु भएको ९ मिनेटसम्म केही उकालो लागेर २२३३ अंकसम्म उक्लिएको थियो । त्यस पछि क्रमिक…