वैदेशिक मुद्रा सञ्चिति के हो ? भन्ने प्रश्नको जवाफमा देशको केन्द्रीय बैंकमा रहेको विदेशी मुद्राको निक्षेप भनेर मानिसहरु सजिलै भन्न सक्छन । विदेशी मुद्रा सञ्चितिलाई आधिकारिक रुपमा अन्तराष्ट्रिय सञ्चितिको संज्ञा पनि दिने गरेको पाइन्छ । विशेषगरी विश्वव्यापी रुपमा अमेरिकी डलरमा नै व्यापारिक सम्झौता तथा कारोबार हुने हुँदा वैदेशिक मुद्रा सञ्चिति अमेरिकी डलरमा गरिने गरिएको छ…