विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड डलर कायम, ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्ने

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुनसम्ममा कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड अमेरिकी डलर कायम भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड डलर कायम भएको…