बैंकका कर्मचारीलाई आवागमनमा अवरोध नगर्न गृह मन्त्रालयको निर्देशन

नेपाल सरकार गृह मन्त्रालयले निषेधाज्ञाको अवधिमा बैंक वित्तीय संस्थाका कर्मचारीलाई नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले बैंकका कर्मचारीलाई सहजीकरण गर्ने गरी समन्वय गर्न भन्दै काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो । गृहले अत्यावश्यक सेवाभित्र रहेको बैंकिङ क्षेत्रलाई सेवा सञ्चालन हुने वातावरणमा अवरोध नपु¥याउन भन्दै कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण…