ऐतिहासिक उचाइमा पुगेको सुनको भाउ घट्न थाल्यो

नेपाली बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा रहेको सुनको भाउ घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ, तेजावी १ लाख २ हजार १ सय रुपैयाँ तथा…