नागरिक स्टक डिलर कम्पनीले साउनको पहिलो साताबाटै शेयर बजारमा प्रवेश गर्ने भएको छ। नागरिक स्टक डिलर कम्पनीको बहुमत शेयर होल्डर कम्पनी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले स्टक डिलरको अनुमति लिनको लागि आवश्यक कागजातहरु जुटाउने काम भइरहको जानकारी दिए । कार्यकारी निर्देशक नेपालले भने, 'शेयर बजारमा प्रवेश गर्न धितोपत्र बोर्डलाई भन्दा हामीलाई हतारो छ…