ङादी आयोजनाको रोकिएको काम अघि बढ्यो, हालसम्म ८५% काम सम्पन्न

लमजुङ जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन ङादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ । ३० मेगावाट क्षमताको यस आयोजनामा लकडाउनका कारण ढुवानीमा समस्या भएपछि रोकिए पनि यतिबेला सहज भएसँगै आयोजनाको काम शुरु भएको हो ।यतिबेला आयोजनाको ड्यामसाइट र डेनस्टक पाइप लाइनको काम भइरहेको…