थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा वीरगञ्ज– २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर– ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि…