दुई दिनदेखि कैलाली भजनीकी शोभादेवी चौधरी थानकोटस्थित त्रिभुवन उद्यानमा थन्किएका छिन् । उनको मन उकुसमुकुस भएको छ । चौधरीको मन भतभती पोलिरहेको छ । उनकी छोरी घरमा सिकिस्त बिरामी छिन् । त्यसैले उनलाई घर नपुगी भएको छैन । पाँच महिनादेखि चौधरी काठमाडौँमा ज्यामी काम गर्दै आएका थिइन्। शनिबार राति छोरी बिरामी भइन्, के गर्ने भनेर…