लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको इकाई निष्कासन स्थगित भएको छ । कोषले चैत ९ गते आइतावार देखि ८ करोड इकाई निष्कासन गर्ने तालिका सार्वजनिक गरेको थियो। लक्ष्मी क्यापिटलले सरकारले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कार्यहरु सञ्चालनमा रोक लगाएको हुँदा योजनाले इकाई निष्कासन गर्ने कार्य अर्को सूचना जारी नगरिएसम्मको लागि स्थगित गरिएको जनाएको छ।…