मकवानपुरको महिला सहयात्रा लघुवित्तले काभ्रेको घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने लगभग सहमति बनिसकेको थियो । दुवै संस्थाले मर्जर तथा प्राप्ति सम्झौता गर्नका लागि आइतबार राजधानीको एम्बेसडर होटेलमा कार्यक्रम तय गरे। मर्जर सम्झौता तथा घोषणाका लागि दुवै संस्था प्रतिनिधिहरु भेला भए र सम्झौताको कार्यक्रमलाई औपचारिक रुपमा अगाडि समेत बढाईयो। कार्यक्रममा दुवै तर्फका वक्ताहरुले आ आफ्नो…