तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पूर्वाधारयुक्त केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार प्रालीलाई लिमिटेडमा रुपान्तरण गरिएको छ । प्रालीको साधारणसभाले कम्पनीलाई लिमिटेडमा रुपान्तरण गर्ने निर्णय गरेको हो । लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीको नाम बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड राखिएको छ । कम्पनीलाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रुपान्तरण गरिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।…