बैंकिङ्ग प्रणालीमा तरलताको वृद्धि र नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्षको आगमनले लगानीकर्ताको मनोबल वृद्धि हुँदा शेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति मापक समग्र शेयर बजार पूँजीकरण करिब ६० अर्बले बढेको छ। यस साताको आइतबार १ हजार १६६ दशमलव २० अंकमा खुलेको बजारमा कारोबार मापक नेप्से परिसूचक ४.०२ प्रतिशत अर्थात ४६.९० अंकले वृद्धि भई १ हजार २१३ दशमलव…