बाह्र दिनमा सेयर धितो कर्जा साढे ३ अर्ब बढ्यो, कर्जा बढेपनि सेयर बजारमा नकारात्मक असर

नेपाल राष्ट्र बैंकले लचकता अपनाएसंगै सेयर धितो कर्जा प्रबाह बढेपनि धितोपत्र बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन । अर्थतन्त्रको मन्दी, उच्च रहेको ब्याजदर तथा गुमाउने लगानीकर्ता धेरै भएपछि सृजना भएको नकारात्मक 'सेन्टीमेन्ट'का कारण धितोपत्र बजार सकारात्मक हुन नसकेको हो । कोरोना महामारी, आर्थिक मन्दी तथा सूचिकृत कम्पनीले घोषणा गरेको न्यून प्रतिफलका कारण पनि बजारमा सुधार…