अर्थमन्त्री डा. युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताएका छन । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा खतिवडाले व्यवसायीलाई सहुलियत दरमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । उनले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व…