निर्माण व्यवसायीद्धारा सार्वजनिक खरीद नियमावली संशोधनको स्वागत

नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (आठौँ संशोधन) नियमावली २०७६ को स्वागत गरेको छ । महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संशोधनले लामो समयदेखि उठाउँदै आएका केही प्रमुख माग सम्बोधन भएका भन्दै नियमावलीको स्वागत गरेको हो । विविध कारणले सम्पन्न हुन नसकेका रुग्ण परियोजनाका हकमा प्राविधिक प्रतिवेदनका आधारमा एक पटकका लागि म्याद थपको प्रस्ट प्रावधान…