नेपालमा सञ्चालित चौध जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ४२ अर्ब ३० करोड ७४ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा २०७९/८० मा नवीकरण बीमाशुल्क १४.३२ प्रतिशतले बढेको भएपनि प्रथम बीमाशुल्क २४.७२ प्रतिशतले घटेपछि समग्र जीवन बीमा कम्पनीहरुले संकलन गर्ने बीमाशुल्कमा त्यसको असर देखिएको हो…